पर्वत कुश्मामा खुलेका बिद्यालयका बिद्यार्थी धमाधम बिरामी हुन थालेपछि स्कुल बन्द गरियो

कृष्णबहादुर कार्की

असोज १०, पर्वत । कोभिड संक्रमण बट्यो भन्दै पर्वत जिल्ला कुश्मा नगरपालिकामा खुलेका बिद्यालयका बिद्यार्थी धमाधम विद्यार्थी बिरामी पर्न थालेका छन् ।
अहिले ति बिद्यालय बन्द भएका छन् ।

कुस्मा नगरपालिका वडा नं ११ सिल्मी स्थित विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानी स्वाँरा प्राविमा पठनपाठन बन्द गरिएको हो ।

विगत एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघा कोकी , टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्या वसायिक माविका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी गराए ।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेका थिए । त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थी समेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो । पकुवाको साविक वडा नं ३ रानी स्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन्।

बालबालिका तथा विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानी स्वाँ र प्रावि पनि बन्द गरिएको छ ।

सुरुमा बिरामी परेका विद्यार्थी एक साता सम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्या लयबन्द गरिएको हो । थप विद्या र्थी मा संक्रमण नफैलियो स् भनेर विद्यालयमा पठनपाठन रोकिएको छ ।

बिरामी विद्यार्थी सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको छ ।