काँग्रेस जगन्नाथ गाउँपालिकाको सचिवमा रामलाल बिष्ट निर्वाचित

१० असोज, बाजुरा । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडास्तरका अधिवेशन सकिएका पालिकामा हिजोबाट धमाधम पालिकास्तरीय अधिवेशन भईरहेका छन् । यसै क्रममा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला जगन्नाथ पालिकाको नेपाली काँग्रेसको सचिव पदमा युवा नेता तथा समाजसेवी रामलाल बिष्ट निर्वाचित भएका छन् ।
नेविसंघको बिद्यार्थी राजनीतिबाबट काँग्रेसको राजनीतिमा लागेका बिष्ट बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा नेपाली काँग्रेसको संगठन विस्तार गर्नमा उनको उल्लेखनीय भुमिका छ ।

निर्वाचित विष्ट राजनीतिका साथै समाज सेवामा समेत सक्रिय छन् । विदेशको रोजगारी समेत अनुभव गरिसकेका विष्ट नेपाली काँग्रेसको जगन्नाथ गाउँपालिकाको सचिवजस्तो गरिमामय पदमा निर्वाचित भएका छन् । काँग्रेसले पछिल्लो चरणमा वडादेखि पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्ममा नेतृत्वमा युवालाई समेट्न खोजेको देखिन्छ । यो पनि एउटा उदाहरणीय राजनीतिक क्रम भएकाले निर्वाचित सचिव रामलाल बिष्टको सफल र असल कार्यकालको शुभकामना ।