नेकपा एमाले निकट युवा संघ र युथफोर्सको जलजला वडा-२ मा संयुक्त रुपमा कार्यक्रम गरी गठन

असोज १०, जलजला । नेकपा एमाले निकट युवा संघ र युथफोर्सको जलजला वडा नं-२ मा संयुक्त रुपमा गठन गरिएको छ । हिजो शनिबार एक कार्यक्रमका बीच युवा संघ र युथ फोर्स गठन गरिएको हो । जलजला वडा नं २ वडाका क्रियाशील र जुझारु युवाहरुको भेला ले ५१ सदस्यीय कमिटि गठन गरिएको हो ।

जलजला वडा नं-२ युवा संघको नवगठित कमिटिको अध्यक्षमा अर्जुन अधिकारी , उपाध्यक्ष रामु नेपाली , सचिव रमेश पाइजा , सह–सचिव पुजन बरुवाल चयन भएका छन् ।

त्यसैगरी युथ फोर्सको अध्यक्षमा बिष्णु गैरे, उपाध्यक्षमा बिशाल परियार, सचिवमा चक्र अधिकारी, सहसचिवमा भगवान शर्मा चयन भएका छन् ।

सो कार्यक्रममा नेकपा एमाले जलजला का पार्टी अध्यक्ष लालबहादुर अधिकारी, युवा संघ केन्द्रीय सचिव विमल लामिछाने, युवा संघका केन्द्रीय सदस्य एवम पर्वतका अध्यक्ष थम नारायण पौडेल, केन्द्रीय सचिव तथा स्थायी कमिटी सदस्य विमल लामिछाने, जिल्ला कमिटी सदस्य राम बहादुर विश्वकर्मा ,नेकपा एमाले जलजला पार्टी सचिवालय सदस्य एवं जलजला युवा इन्चार्ज बाबुराम कार्की ले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमाले जलजला गाउँपालिका वडा -२ का अध्यक्ष हेमकुमारी अधिकारी , वडा -३ का अध्यक्ष एकेन्द्र खत्री , वडा -४ का अध्यक्ष टेकटे बहादुर जिसि लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम युवा संघ जलजलाका अध्यक्ष दिलिप बरुवालको अध्यक्षता र भिमसेन बराइलीले संचालनमा गरेका थिए ।