हानिकारक अभ्यास न्युनिकरणका लागि संचारकर्मीलाई एक दिने अन्तरक्रिया

९ असोज, कालिकोट । सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा) नेपाल कालिकोटको आयोजनामा हानिकारक अभ्यास न्युनिकरणका लागि एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक मुल्य मान्यता, परम्परागत हानिकारक अभ्यास, र बाल विवाह न्युनिकरणका लागि पत्रकारहरुको भुमिका विषयक अन्र्तक्रिया सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो । जिल्लाको रास्कोट नगरपालिका,सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा सादा नेपालको सहजिकरणमा तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा विभिन्न हानीकारक अभ्यास न्युनिकरणका लागि काम गरिरहेको छ । विद्यालय वाहिर रहेका वालवालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्ने,समाजमा रहेका हानिकारक अभ्यास न्युनिकरणका लागि पहल तथा सहयोग गर्ने जस्ताकामहरु प्लान नेपालले गरिरहेको सादा नेपालका कार्यक्रम संयोजक दलसिंह कुमालले जानकारी दिनु भयो ।

जिल्लाका ३ वटा स्थानीय तहमा सादा नेपालको सहजिकरण तथा प्लान नेपालको सहयोगमा संचालन गरिएका विभिन्न गतिविधीहरुले समाजमा रहेका हानिकारक अभ्यासमा न्युनिकरण भएको अनुगमन तथा मुल्यांकन अफिसर नमराज योगीले बताउनु भएको छ । अन्र्तक्रिया कार्यक्रमका प्रशिक्षक यादव भुसालले प्लान इन्टरनेशनल नेपालले नेपालका विभिन्न जिल्लामा काम गदै गर्दा विभिन्न क्षेत्रमा परिवर्तन भएको बताउनु भएको छ । कालिकोटमा पनी प्लान नेपालले समाजमा रहेका कुरीती कु संस्कार न्युनिकरणका लागि विभिन्न क्षेत्रमा पहल गरेको बताउनु भएको छ । पहिलेको तुलनामा अहिले प्लान नेपालको कार्यक्रम लागु भए पछी समाजमा रहेका नकरात्मक अभ्यास,कुरीती कुसस्कार लगाएतका क्रियाकलापहरुमा न्युन भएको छ । सादा नेपाल,हुरेन्डेक नेपाल,किर्डाक,भिडिसेफ नेपालले कालिकोटका विभिन्न स्थानीय तहमा विकास निर्माणका काम संगै परम्परागत हानिकारक अभ्यास न्युनिकरणका लागि काम गरिरहेका छन् ।