बंगलादेशमा नेपाली बिद्यार्थीको बिजोग, राजदूताबास भन्छ जहाँ छौं त्यही सुरक्षित बस

६ वैशाख, काठमाडौं । कोरोना भाइरसले विश्वभरी महामारीको रुपमा फैलिएपछि बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु त्यहाँ कोरोनाको संकट बढ्दै जाँदा त्रस्त बनेका छन् जतिसक्दो नेपाल फर्कन चाहन्छन् ।
बंगलादेश सरकारले गत मार्च २६ देखि देशब्यापी लकडाउन घोषणा गरेको छ । तर, लकडाउनको राम्ररी पालना भएको छैन । अहिले पनि सडकमा आवागमन बाक्लै रहेको स्थितिमा कोरोनाको प्रकोप फैलिन सक्ने आशंकाले नेपाली विद्यार्थीहरु चिन्ता लिएका छन् ।
अध्ययनरत विद्यार्थीका अनुसार आफूहरु अन्योल र त्रासको अवस्थामा रहेको बताउँदै ‘नेपालमा भन्दा कोरोनाको संक्रमण यहाँ धेरै बढी छ । हामी आफ्नै देश फर्कन चाहन्छांै ।
अरु देशका बिद्यार्थी गइसकेको तर हाम्रो नेपालले अझै लिन सकेको छैन त्यसकारण जतिक्दो हामीलाई फिर्ता लिन अनुरोध गरे ।
हाल बंगलादेशमा ३र४ हजारको संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । त्यहाँ रहेका बिद्यार्थीहरुका अनुसार सरकारले आफ्नो खर्चमा लैजान सक्दैन भने हामी आफैं टिकट काटेर फर्कन तयार छौं । तर, जहाजको व्यवस्था सरकारले गरिदिनुर्पयो । बिद्यार्थीलाई कोरोना त्रास मात्र नभएर आर्थिक समस्या पनि देखिन थालेको छ । अन्य देशहरुमा जस्तो विद्यार्थीहरुले काम गर्दै पढ्ने अवस्था यहाँ हुन्न’ बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी नेपालबाटै ल्याएको खर्चले पढ्छन् ।
यस विषयमा ढाकास्थित नेपाली दूतावासले आफूहरुको समस्यालाई खासै ध्यान नदिएको नेपाली विद्यार्थीहरुको गुनासो छ । कसैले फोन र्गयो भने ‘जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुस’ भन्ने सन्देश दिन्छ । त्यसैले जसरी भएपनि नेपाल सरकार परराष्ट् मन्त्रालयले बंगलादेशमा रहेका हामी नेपाली बिद्यार्थीहरुलाई नेपाल फर्काउन अनुरोध गर्दछन् ।