दैलेखमा अरिङ्गालको टोकाइबाट एक जना पुरुषको मुत्यु

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जना पुरुषको मुत्यु भएको छ ।

दैलेख ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

ृमृतक शाहीले स्कुलमा आफ्नो छोराको सर्टिफिकेट लिन जाने क्रममा बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए त्यस क्रममा उनलाई सो अरिङगालले टोक्दा घाइते भएका थिए ।
त्यसपछि उनलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा हिजो राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।