नेपाली काँग्रेस जगन्नाथ गाउँपालिकाको सभापतिमा युवा नेता रामलाल बिष्टद्धारा उम्मेदवारी घोषणा

९ असोज, बाजुरा । नेपाली काँग्रेसको १४औं राष्ट्रिय महाधिवेन अन्तर्गत आजबाट पालिका स्तरीय अधिवेशन आजबाट हुँदैछ । यो भन्दा अगाडी वडास्तरको अधिवेशन सम्पन्न भइसकेको यद्दपी केही जिल्लाका वडास्तरीय वडाकमिटीमा वडा सम्मेलन हुन सकेको छैन ।

आजबाट सुरु भएको पालिकास्तरीय काँग्रेस सम्मेलन अन्तर्गत सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको जगन्नाथ गाउंपालिकाको पालिका अधिवेशन आज हुँदै छ । सो पालिकास्तरीय अधिवेशनमा नेपाली काँग्रेसको जगन्नाथ पालिकाको नेतृत्वको लागि करिब आधा दर्जनको दावी सहित दरर्खास्त परेको छ । यसै क्रममा जगन्नाथ गाउपालिका वडा ६ निवासी रामलाल बिष्टले पनि जगन्नाथ पालिका नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दिएका छन ।

बिष्टले सानै उमेरदेखि नेपाली काँग्रेसको राजनीतिमा होमिएका र जिल्लाको विकास र सामाजिक क्षेत्रमा हरिदिन निरन्तर लागिरहेका उनी पछिल्लो चरणमा सक्रिय राजनीतिमा लागि रहेका छन् । उनको बुबाको मुख्य भुमिका र जगन्नाथ नेपाली काँग्रेस शुभेच्छुकको माग र आग्रहमा आफुले जगन्नाथ पालिका सभापतिको पदमा उम्मेदवारी दिने उनले बताए ।

नेविसंघबाट राजनीतिक गरेका उनले नेपाली काँग्रेस बाजुरामा त्यसमा पनि जगन्नाथ पालिकामा काँग्रेस संगठनलाई जुरुझारु र विस्तारमा उल्लेखनीय भुमिका निर्वाह गरेका विष्टले आज हुने चुनावबाट आफू काँग्रेस जगन्नाथ पालिकाको सभापतिमा निर्वाचित भएर काँग्रेसलाई अझै सशक्त र संगठन बिस्तारलाई मतबुझ बनाउने आफ्नो लक्ष्य भएको र त्यसको लागि मेरो उम्मेदवारी रहेको र मेरो उम्मेदवारीलाई सबैले सर्वसहमतिमा त्यो पनि भएन भने प्रतिस्पर्धा चुनावबाट जितेर नेपाली काँग्रेस जगन्नाथ पालिकाको नेतृत्वमा पुगेर जनताको सेवा र विकास गर्न आतुर भएको बताए ।