राष्ट्रियसभा बैठकबाट विनियोजन विधेयक (बजेट) पारित

७ असोज, काठमाडौं । राष्ट्रियसभाको बैठक जारी छ आजैको बैठकले विनियोजन विधेयक (बजेट) पारित भएको छ ।

बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।

विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।