शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाए

प्रधानमन्त्रीसमेत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।

आफ्नै निजी निवास बूढानिलकण्ठमा अपरान्ह ३ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।

सत्तारूढ गठबन्धनको हिजो राती बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ।

परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न आज पaदाधिकारी बैठक बस्न लागेको छ।