अष्ट्रेलियाको भिक्टोरियामा भूकम्प

एजेन्सी

६ असोज, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् ।

बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म त्यसको धक्का महसुस भएको थियो । ९ बजे गएको भूकम्पपछि अर्को कम्पन पनि महसुस भएको थियो ।

केही ठाउँमा आवासीय घरहरू भत्किएका दृश्यहरू सार्वजनिक भए पनि भूकम्पको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भूकम्प गएको क्षेत्रका नागरिकलाई सुरक्षित रहन र अप्ठेरो परे उद्दारका लागि तयार रहेको त्यहाँको सरकारले बताएको छ । भूकम्पपछि सुनामी आउने खतरा नभएकोले आत्तिन नपर्ने भन्दै शान्त्वना दिइएको छ ।