५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ । बुद्धनगरस्थित क्वालीटी बैंक्वेटमा बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदनमाथि समूहगत छलफल हुने र त्यसको निष्कर्ष भोलिको बैठकमा पेश हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन ।
३ महिने संगठन सुदृढीकरण तथा पार्टी पुनर्जागरण अभियान चलाउने पार्टीको तयारी रहेको समेत उनले बताए ।