आफ्नै सहकर्मीद्धारा समाचार प्रस्तोता गृष्मा राजभण्डारीमाथि कुर्चि प्रहार गरी घाइते

बैशाख ५, काठमाण्डौ । कोरोना भाइरसको महामारीले देश अहिले लकडाउनेमा रहेको छ । त्यसको समाचार सम्प्रेषणका लागि देशैभरी पत्रकार रातदिन नभनी समाचार रिर्पोङ गरिहरेका छन् । कहाँ कही पत्रकारमाथि कुटपिट, धरपकट, गाली र अन्य अराजक कार्य भइरहेका छन् । यसैको ज्वतन्त उदाहरण आज काठमाणडौं लाजिमपाटस्थित ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै अरु कोही बाट नभएर सहकमी पत्रकारबाटै कुटपिट भएको छ । आज शुक्रबार दिउँसो प्रस्तोता गृष्मा र अर्को समाचार प्रस्तोताका बीच कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि प्रस्तोता सुसन रामदामले कुटपिट गरेको छन् ।
कुटपिट पछि जानकारी दिंदै ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिई सनलाई आवश्यक कारबाहीका लागि अगाडी बढाईएको र घाइते प्रस्तोता गृष्मा लाई त्रिवि शिक्षण अस्पतालमा उपचारर्थ भर्ना गरिएको जानकारी कार्यकारी प्रमुख हुमागाईले बताएका छन् ।
घाइते गृष्माका अनुसार हामी दुईजना बीच कामको विषयलाई लिएर आफूमाथी कुर्सी प्रहार भएको उनले प्रहरीलाई सँग बताएकी नछन् । साथै थप अनुसन्धानका लागि प्रहरी खटाएर अनुसन्धान भइरहेको बताइएको छ ।