यतिबेला विश्वभरी कोरोना भाईरसले मानवजातिलाई हमला गरिरहेको छ, दिनदिनै मारिरहेको छ । संसारनै मेरो हो र सम्पन्न नै मै हुं भन्ने मनुष्यहरु अहिले हायलकायल भएका छन् ,एक्काईसौं शताब्दिको विज्ञान समेत असफल साबित भएको छ । बिश्वको अर्थतन्त्र धरासायी हुने निश्चित जस्तै देखिन्छ । बिश्वमा मै हुं भन्ने ठुल्ठुला बिकसित देश अमेरिका, चिन, बेलायत ,जर्मन कोरिया, जापान, फ्रान्स जस्ता देशमा हजारौंको ज्यान कोरोना भाइरसले लिइसेको र लिइरहेको छ । अहिलेसम्म Covide19 नियन्त्रण हुन सकेको छैन । दिनप्रतिदिन अझै घट्नुको सट्टा वृद्धि हुदै गएको छ । यस्तो महामारीको समयमा पनि घृणित राजनीती र पैसाको लोभ गरिएको देख्दा धिक्कार छ, राक्षस हरुलाई, मानव रुपी दानवको अझै यो श्रृष्टिमा कमि रैनछ, भन्ने पुष्टि हुन्छ । अवश्य यी मनुश्य रुपि राक्षसहरुको को अन्त्य हुनेछ ।
हाम्रो देशमा पनि कोरोना संक्रमितको संख्या ३० पगेको छ, दिननप्रतिदिन बढीराखे कैै छ । देशमा लकडाउन जारी रहेको छ, कयौं मजदुर सडकमा बिचल्ली परी मर्नु बाँच्नुको अवस्थामा पुगेको छन् । तर सरकार भन्दै छ नहिड, घरभित्रै बस भनिरहेको छ । तर घरभित्र खानको लागि चामल छैन, पकाउनको लागि ग्याँस छैन, कसरी घरभित्र बस्यौ सरकार १ मुलुकमा तिन तहको सरकार छ, उनीहरुले एक आपसमा प्रभावकारी समन्वय गरेको देखिदैन् । राहतमा ढिलासुस्ती र पक्षपात गरेको छ, वास्तविक राहत पाउनेले राहत पाएका छैनन्, जो काठमाणडैं निवासी घर भएका हुन तिनैले मात्र राहत पाएका छन् । के वितरण गरिएको राहत समेत गुणस्तर हिन छैन रे, कतिपय स्थानीय तहले आफ्नो पालिकाको प्रोफाईल सम्म बनाएको पनि देखिदैन, बनाएको भए पनि अध्यावधि गरेको छैनन् । त्यसैले उनिहरुलाई समयमै विपन्न परिवारलाई राहत बितरण गर्न समस्या भएको देखिन्छ । कुन बेला के विपत्ती पर्न सक्छ भनी पूर्ब तयारी नभएको देखिन्छ र कुनै रणनैतिक योजना पनी बनाएको पाईदैन् ।
विभिन्न रोगलले थलापरेका नेपाली जनताहरुलाई उपचार नगरेर अस्पतालका ढोका गेट गर्ने यि नीजि अस्पतालका मालिकहरुको कति गैरजिम्मेवारी पन हो । उनीहरुले विपत पर्दा नागरिकलाई उपचारको सेवा दिन्छु भनेर राज्यवाट प्रसस्त सेवा सुविधा लिएकै हुन्छन् तर महामारीको बेला छटपटीमा रहेका नागरिकलाई उपचार नगर्ने अपताललाई तत्काल कारवाही गरेर ति अस्पताललाई राष्ट्रियकरण किन गर्दैन सरकार , म भन्छु सामाजिक अपराध गर्ने लाई तत्काल कारवाही गरिओस् ।
यो कोरोनाका कारण हाम्रो देशमा सबै भन्दा धेरै असर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यमा बढी प्रभाव परेको देखिन्छ । मुलुकले ६ महिना सम्मको कार्ययोजना पनि बनाएको छैन । यस्तै हो भने नेपालमा रोग, भोग र सोकले भयाबह स्थिति नआउला भन्न सकिन्न । उसोत शिक्षाको फलामे गेट मानिने एसइई अनि ११–१२ को परीक्षा स्थगितका कारण लाखौ विद्यार्थीको भविश्य अन्यौलमा छाएको छ । यसको व्यवस्थापनका लागी कुनै योजना सरकारसँग छैन् । विभिन्न रोगलले थलापरेका नेपाली जनताहरुलाई उपचार नगरेर अस्पतालका ढोका गेट गर्ने यि नीजि अस्पतालका मालिकहरुको कति गैरजिम्मेवारी पन हो । उनीहरुले विपत पर्दा नागरिकलाई उपचारको सेवा दिन्छु भनेर राज्यवाट प्रसस्त सेवा सुविधा लिएकै हुन्छन् तर महामारीको बेला छटपटीमा रहेका नागरिकलाई उपचार नगर्ने अपताललाई तत्काल कारवाही गरेर ति अस्पताललाई राष्ट्रियकरण किन गर्दैन सरकार , म भन्छु सामाजिक अपराध गर्ने लाई तत्काल कारवाही गरिओस् ।
त्यसैले यावद समस्यालाई समाधान गर्न सम्बन्धित निकायले समयमा सोच्न र बुझ्न जरुरी छ । कयौ मजदुर सडकमा अलपत्र परिरहेका छन्, भोकभोकै १० दिनको लामो बाटो हिडेर आ–आफ्ना घरतिर लागि रहेका छन् त्यतातिर किन आँखो जाँदैन सरकारको छ । लकडाउनको उल्लंघनका नाममा पुलिसले अनावश्यक रुपमा बल प्रयोग गदै कुटपिट गरिहेको छ । बिरामी र डाक्टरदेखि मजदुर सम्मलाई दुःख दिइरहेको छ, तर सरकार अझै भन्दैछ लकडाउन कडा गर, हिडेर घर जानेलाई जहाँ भेटियो त्यही थुनेर राख भन्दैछ । सरकार यो कस्तो शासनल शैली हो, यो कस्तो जनता मार्ने लकडाउन हो । दुख दिने पुलिसलाई कारवाही गर्नु पर्छ कि पर्दैन, तर जनता आज जिवनलाई हत्केलामा राखेर यो महामारीको समयमा नागरिक र मुलुकको रक्षा र सेवा गर्ने हजारौं सुरक्षाकर्मीलाई आरोपित किमाद गरिएको होईन ।
कोरोनाका कारणले बिश्व अर्थतन्त्र ओरालो लाग्ने निश्चित छ भनी रहेको बेला हाम्रो देश यसवाट कदावी अछुतो रहन सक्दैन । यस्तो महासंकटको बेला राज्य कोषको फजुल खर्च घटाउनुको सट्टा उल्टै विभिन्न आयोग गठन गरिनु राज्य र जनताका लागी सुखद पक्ष कदावी होईन् । आयोग गठन गरि त्यतातिर किन अलमलिरहेको होला यो मेरो सरकार बुझ्न नसकिने कुरा छ । हुनत सत्ता र शासक अन्धो, बहिरो हुन्छ रे, भन्थे सहि होकी क्या हो ! यतिवेला मलाई त्यस्तै लागिरहेको छ ।
०६२–०६३ मा निरंकुश राजतन्त्र बिरुद्ध सात दलले गरेको आन्दोलनमा आम नेपाली दाजुभाइ दिदिबहिनीहरुले साथ दिंदा पनि जन आन्दोलनले जनक्रान्तिको स्परुप लिदासम्म तत्कालीन पुर्ब राजा ज्ञानेन्द्र शाहले आफ्ना सल्लाहकार, मन्त्री संग बाहिरको माहोल बुझ्न खोज्दा सबै ठिक छ । सात दलपछि कोहि जनता छैनन् भनी गलत सल्लाह दिने कथित सल्लाहकारहरुले गर्दा २ सय ३८ बर्ष शासन गरेको राजतन्त्र सदाको लागि समाप्त भएको घाम जस्तै छर्लङ्गै छ ।
०६२–०६३ मा निरंकुश राजतन्त्र बिरुद्ध सात दलले गरेको आन्दोलनमा आम नेपाली दाजुभाइ दिदिबहिनीहरुले साथ दिंदा पनि जन आन्दोलनले जनक्रान्तिको स्परुप लिदासम्म तत्कालीन पुर्ब राजा ज्ञानेन्द्र शाहले आफ्ना सल्लाहकार, मन्त्री संग बाहिरको माहोल बुझ्न खोज्दा सबै ठिक छ । सात दलपछि कोहि जनता छैनन् भनी गलत सल्लाह दिने कथित सल्लाहकारहरुले गर्दा २ सय ३८ बर्ष शासन गरेको राजतन्त्र सदाको लागि समाप्त भएको घाम जस्तै छर्लङ्गै छ । अहिले पनि कयौं गरिब, मजदुरलाई हातमुख जोर्न समस्या परिरहेकोछ, कयौं दिर्घरोगी औषधि नपायर तड्पीरहेका छन् । राहतको नाममा भ्रष्टाचार गरिएको कुरा अनियमितता भएको भन्ने कुराहरु पनी आईरहकै छन् ।
कृषकले उत्पादन गरेको बस्तु बजार नपाएर सडकमा फाल्नु परिरहेको छ, यसमा हाम्रो सरकार बेखबर जस्तै छ । कयौं मान्छे हरु घरसम्म जान हप्तौ दिनको पैदल हिडिरहेछन, जनतालाई लकडाउनको बाध्यता छ, महलमा कुर्सी घुमाउनेलाई के थाहा । जनताका पीडा तीन वटै तहका सरकारको नेतृत्व गर्ने शासक र शासकका वरिपरि घुम्ने सल्लाहकार महानुभावलाई वुझन् अनिवार्य छ । सल्लाहकार, आसे–पासे को गलत सुझावले गर्दा बिश्व मा कयौं तानाशाह को पतन भएको ईतिहास ताजै छन् । त्यतातिर पनि ध्यान जाओस् हाम्रा शसान गर्ने नेतृत्वहरुको पनि ।
पार्टी र सत्ता एक सिक्काका पाटा हुन, तर पनि सरकारलाई पार्टीले निर्देशन दिने हो । सरकारले पार्टीलाई होईन, चुनाबमा सरकारको नारा मन पराएर जनताले बिश्वासको मत दिएका होईनन, पार्टीको बिचार सिद्धान्त नीति र मुलुक विकासको योजनालाई मन पराएर अभिमत दिन्छन् ।् नेपाली जनताले पनि त्यही गरेका हुन् । यतिवेला आनन्द जस्तो होला महासयहरुलाई धेरै जनताको गुनासा सुन्न पर्या छैन । जनताहरु आफनो घर जान हिडेको बाध्यताले होईन रहरले पनि होइन । शहरमा सबै काम ठप्प भएपछि पेट पाल्न कठिन भएपछि बाध्यताले घर जानु परेको हो । अहिले २–४ दिन जनतालाई दुख भए पनि एक दिन तिमिहरु जो–जो जुन ठाउँबाट गलत गर्दैछौं तिम्रो एक दिन पतन हुने निश्चित छ । त्यसैले समयमै सोचौ, ब्यक्तिगत स्वार्थ लाई त्यागौ, सामूहिक स्वार्थलाई आत्मसाथ गरौ, एक्लै होईन, सामुहिक रुपले अगाडि बढौ । यसो भनीरहँदा म कम्युनिष्ट पार्टीको एउटा कार्यकर्ता भएको नाताले आफ्नो सरकारले गरेका तमाम जनपक्षीय कामको खुलेर प्रसंसा गरिरहेको छु र भावि दिनमा पनि गर्ने छु, भने कमि कमजोरीमा रचनात्मक सुझाव र गलत कार्यको खवरदारी गरिरहने छु । कोरोना भाईरस Covide19 भगाऊ, आफु पनि बचौ । अरुलाई पनी बचाऔं ।
लेखक : नेकपाका युवा नेता तथा पुष्पलाल मित्रता केन्द्र, कर्णाली प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ ।