एमाले स्थायी समितिको बैठकबाट तीनवटा प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय

नेकपा एमालेले पार्टीको स्थायी समितिको बैठकबाट तीनवटा प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । हिजो आइतबारदेखि सुरु भइ आज सम्पन्न बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र सदस्यहरुको सुझाव समेतलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

एमालेको केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकबाट पनि प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईको भनाइ छ । यससँगै अब विधान महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नेगरी पार्टी पंक्ति लागिपर्ने उनको भनाइ छ ।