सिवाईसी बचत तथा ऋण सहकारी संस्था बेनी सदस्य सेवा केन्द्रको बेनीमा साधारणसभा सम्पन्न

असोज ४, बेनी । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी ’भन्ने मूल नारा सहित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी सदस्य सेवा केन्द्रको बेनीमा साधारणसभा सम्पन्न भएको छ । संस्था को १२औं वार्षिक साधारण सभाको अवसरमा सेवा केन्द्रस्तरीय विस्तारित मञ्च तथा साधारण सभाको शुभारम्भ कार्यक्रम गरिएको हो ।

बेनीमा स्थापना भएको सेवा केन्द्रको हालसम्म कुल ५ सय १७ जना शेयर सदस्य रहेका छन् भने १७ जना बाल बचतकर्ता रहेको छ । यसैगरी केन्द्रको कुल पुँजी एक करोड ६० लाख नौ हजा र छ सय, निक्षेप सङ्कलन तीन करोड ६६ लाख २१ हजार तीनसय २२ र ऋण लगानी ३९ लाख २९ हजार सातसय ९९ सय रुपैयाँ रहेको छ । यसैगरी तरलता एक करोड ७० लाख १७ हजार सातसय १९ र कुल सम्पत्ति छ करोड ७६ लाख ३५ हजा र दुईसय २७ रुपैयाँ रहेको बताइएको छ ।

सेवा केन्द्रस्तरीय साधारण सभाको उद्घाद् गर्दै संस्थाका सल्लाहका र एवं संविधान सभा सदस्य नवराज शर्माले सहकारी संघसंस्थाहरु समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताए । त्यस्तै उहाँले बैंङ्किङ क्षेत्रसँगै अब सहकारीहरु पनि प्रति स्पर्धामा आउनुपर्ने बताउँदै सहकारीले उत्पादनमूलक, व्यावसायिक र लघुउद्यमका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। साधारण सभामा संस्थाका परामर्शदाता द्वय सन्तोष रावल, दिपेन्द्र श्रेष्ठ र शेयर सदस्य देवी जिसी ले मन्तव्य
राखेका थिए ।

साधारण सभामा संस्थाका सचिव मदन सुवेदीले प्रगति र कोषाध्यक्ष माधव आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका
थिए । कार्यक्रम बेनी सेवा केन्द्रका संयोजक तुलसी नाथ सुवेदी (रामप्रसाद) को अध्यक्षता , सहससंयोजक भीमबहादुर श्रेष्ठले स्वागत र सचिव मदन सुवेदीले कार्यक्रम सञ्चानमा गरेका थिए ।