बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको हो

अर्थमन्त्री जनार्दन शर्मा

४ असोज, काठमाडौं । आजको जारी प्रतिनिधि सभाको बडकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको होहल्लाकै बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ ।

विधेयक पारित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसंग कुरा गर्दै उनले बजेट पारित गर्नु बाध्यता भएको बताए ।

‘प्रतिपक्षीसँग वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं, तर लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँसँगै लैजानुपर्ने बाध्यता हो’ उनले भने ।

मन्त्री शर्माले नेकपा एमालेसँग प्रधानमन्त्री र अरु नेताहरुले निरन्तर संवाद गरिरहेको पनि बताए ।