१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवा

३० भदौ, काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।

ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा सरुवा भएका छन् र उनको ठाउँमा सहसचिव घनश्याम उपाध्याय पठाइएका छन् ।

गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा भक्तपुरमा सरुवा भएकी छन् र गुल्मीमा सहसचिव पुण्यबिक्रम पौडेल पुगेका छन् ।

मोरङका सीडीओ कोषहरि निरौला मन्त्रालयमा सरुवा भएका छन् र उनको ठाउँमा सहसचिव काशीराज दाहाल सीडीओ बनेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा भएका छन्, रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएका छन् ।

गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सीडीओ बनेका छन् । संखुवासभाका सीडीओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएका छन् ।

दोलखामा टेकराज निरौला सीडीओ बनेका छन् भने त्यहाँबाट बासुदेव घिमिरे मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै धादिङमा कृष्णप्रसाद लम्साल र उदयपुरमा वीरेन्द्रप्रसाद यादव सीडीओ बनेका छन् ।

हेर्नुहोस् सूची :

IMG_0002(3)