आज एकै दिन थप १४ जना कोरोना संक्रमित भेटिए

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएको समाचार प्राय जसो अनलाइन खबरले प्रकाशन गरेका छन् । प्राप्त समाचार अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
आज शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् जसमा केही जना भारतीय रहेका छन्। यस्तै आजै थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा भएको बताइएको छ । तर यस बारेमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले भने जानकारी दिएको छैन ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।