समस्या सुकुम्बासीको भन्दा पनि पैदल हिड्ने र भोकै रहेको जनताको हो सरकार ?

कदर न्यूज

५ वैशाख, काठमाडौं । कोरोना लकडाउनले उपत्यकाभित्र र अरु शहरबाट मान्छेहरु हिडेरै भएपनि गन्तव्यस्थमा गइरहेको कारुणी दृश् बारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उत्पन्न समस्याका कारण पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरेको
छ । काँग्रेस प्रवक्र्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी कोरानाले बच्ने, भोकले मर्ने भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीले देशबासीको नाममा गरिको सम्बोधनप्रति कटाक्ष गर्दै उलले भनका छन् , निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन । तर कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन ।
आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति नभएर सयौं किलोमिटर पैदल हिंडेर नागरिक घर गइरहेको उनले लेखेका छन् ।
प्रवक्ता शर्माले आफ्नो विज्ञप्तिमा भनिएको छ , ’यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो । ७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पु¥याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ ।
गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको काँग्रेसको ठहर छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ? प्रवक्ता शर्माको सरकारलाई प्रति प्रश्न रहेको छ ।
सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको काँग्रेसको चेतावनी छ । काँग्रेस प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्, ’अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु पर् यो सरकार । सुनिन्छ भने सुन्नु पर्यो । बुझिन्छ भने बुझ्नु पर्यो । गम्भीर परिस्थितिको गहिरो समिक्षा गर्दै उच्च ब्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, संकटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउँदछ ।