१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका(५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र मोरङ उर्लाबारी नगरपालिका(१ का १८ वर्षीय निदिप धिमाल छन्।

उनीहरूलाई आज बिहान प्रहरीले काभ्रेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार बालिकामाथि बलात्कार घटना भदौ २६ गते मध्यराति भएको हो। भक्तपुर नगरपालिका(१ श्रृजनानगरस्थित सडकमा ती बालिका मध्यराति गाडी कुरेर बसिरहेकी थिइन्।

ती बालिकालाई प्रदेश २(०३(००१ ख १४८५ नम्बरको ट्रकका चालक विश्वकर्मा र सहचालक धिमालले गन्तव्यमा पुर्‍याइदिने भन्दै काभ्रेस्थित बनेपा नगरपालिका(१२ को साझा पेट्रोल पम्प पुर्‍याएका थिए।

त्यहाँ पुर्‍याएपछि उनीहरूले ट्रक रोकेर पालैपालो जबरजस्ती करणी गरेको काभ्रे प्रहरीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।

उनका अनुसार करणीपछि उनीहरू ट्रक लिएर झापा भागेर गएका थिए। जबरजस्ती करणीपछि छोडिएकी ती बालिका भक्तपुर फर्किएर पुनस् काभ्रे प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।

अनुसन्धानको क्रममा उनीहरूले बालिकालाई करणी गरेको स्वीकार गरेको उनले बताए।

ती बालिका रुपन्देहीकी हुन्। भक्तपुर सल्लाघारीमा बुवाआमासँग बस्दै आएकी थिइन्।

त्यसदिन उनी किन मध्यराति गाडी रोकेर किन हिँड्न खोजिन् भन्ने विषय अनुसन्धानमा रहेको खतिवडाले बताए।

पक्राउ परेका व्यक्तिले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिएपछि उनी बुवाआमाकहाँ फर्किएकी थिइन्।

बुवाआमाले अस्वाभाविक रुपमा छोरीलाई देखेपछि सोध्दा उनले घटनाबारे बताएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।

पक्राउ परेका ट्रकका चालक र सहचालकलाई जबरजस्ती करणी मुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको खतिवडाले बताए।