दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या

२९ भदौ, सुर्खेत । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ ।

उनको शव आज विहान विद्यालय प्रांगणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । ‘स्कुल प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको छ,’ उनले भने ।

धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ । उनीहरु विद्यालयसँगै जोडिएको पसल सञ्चालक हुन् ।
शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए ।