२८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले उपनेतामा कृष्णप्रसाद खनाल र प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन भएका छन् ।
यस्तै बागमतीमा गठबन्धन सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसँग समन्वय गर्नका लागि संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मा दिने पनि बैठकले निर्णय गरेको छ ।
गठबन्धन सरकार निर्माण भएपछि प्रदेश सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि माधवप्रसाद पौडेल, वसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिइएको छ ।