सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

संसदमा भएको अवरोध हटाउन र पछिल्लो राजनीतिक परिघटनालाई लिएर सभामुख अग्नि प्रसाद सापकोटाले आज प्रमुख राजनीतिक दलका नेताहरुसंग सामूहिक छलफल गर्दै छन् । यसै क्रममा उनले प्रमुख राजनीतिक दलका नेता तथा स।ंसदीय दलका नेतालाई पत्रचार गरेर बैठकमा सहभागी हुन अनुरोध समेत गरेका छन् ।

यसै क्रममा सभामुखले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा सहभागी हुन पत्र पठाए पनि ओली सो बैठकमा सहभागी नहुने ओली सचिवालयले बताएको छ । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने भएका छन् । तर बैठकमा एमालेबाट प्रतिनिधि पठाइने बुझिएको
छ ।

पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ । सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिइनन् ।