२७ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बैठकका दुबै बैठकमा एमाले सांसदहरुले नाराबाजी सहित अबरुद्ध गरेपछि बैठक पर्सि २९ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
एमालेको सांसदहरुले आफ्नो पार्टीले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको र ति सांसदहरुलाई सांसदमा निधेषका माग राख्दै एमालेले संसदमा विरोध प्रदर्शन गरेको हो ।
एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएका थिए । सभामुख सापकोटाले एमालेलाई संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका थिए तर एमाले सांसदको नाराबाजी नरोकिएपछि सभामुखले पर्सि २९ गते १ बजेका लागि स्थगित गरेका छन् ।