राष्ट्रपतिद्धारा स्वास्थ्य मन्त्रीलाई बर्खास्त

एजेन्सी

५ वैशाख, काठमाडौं ।  कोरोनाभाइरस विश्वभरी नै फैलिएपछि सो रोगलाई फैलनबाट रोक्ने मुद्दामा जारी मतभेदबीच ब्राजिलमा राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुईज हेनरिक मनडेटालाई बर्र्खास्त गरेका छन् । स्वास्थ्यमन्त्रीले एक टेलिभिजन कार्यक्रममा कोरोनाभाइरसको  यो संकटका बेला यसलाई रोक्न नदिन सरकारले एकजुट भएर हरेक मुश्किलको सामना गनुपर्ने बताएका थिए ।
उनको यो बयानलाई खुल्ला रुपमा राष्ट्रपतिको आलोचना गरिएको मानिएको थियो । हेनरिक मनडेटाले नागरिकलाई संसारका अन्य देशबाट पाठ सिक्न सल्लाह दिँदै आएका छन् । उनले भाइरसको खतरालाई कम गर्नका लागि सामाजिक दुरीको नियमको पालना गर्नुपर्ने बताएका
छन् । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट मृतकको संख्या १ हजार पार गरिसेको छ । तर मृत्यु हुनुमा राष्ट्रपतिकोे दोष बताएका थिए । उनले आ–आफ्नो प्रान्तमा लकडाउन लागू गर्ने सबै गभर्नरको तारिफ पनि गरेका थिए ।
तर राष्ट्रपति भने उनको यो तर्कसँग सहमत छैनन् । उनले मानिसहरु नडराइकनै आ–आफ्नो काममा फर्कनुपर्ने धारणा व्यक्त गरेका छन् । बोलसोनारोले पहिले पनि कोरोनाभाइरसलाई ‘सामान्य फ्लू’ बताइसकेका छन् । हेनरिकले आफू बर्खास्तीमा परेको खबर ट्वीटरमा सेयर गर्दै लेखेका छन्, ‘कोरोनाको रुपमा हाम्रो स्वास्थ्य सेवा सामू एउटा ठूलो चुनौती खडा भएको छ । समय हुँदा नै स्थिती नसम्हाले स्वास्थ्य व्यवस्थामा उथलपुथल मच्चिन सक्छ ।
यो खबर सार्वजनिक भएपछि स्वतः स्फूर्त रुपमा आइसोलेशनमा बसिरहेका नागरिकले आफ्नो घरको बालकोनीबाट निस्किएर भाँडा ठटाउँदै राष्ट्रपतिको निर्णयप्रति विरोध प्रकट गरेका थिए ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा हालसम्म १९ सय ४७ जनाको मृत्यु भएको छ भने हालसम्म कूल ३० हजार ६ सय ८३ जना संक्रमित छन् । संक्रमितमध्ये ६ हजार ६ सय ३४ जनाको अवस्था नाजुक बताइएको छ ।