Breaking News

समस्या नै नबुझि लाट्डी बर्साउने यि पुलिसलाई कारवाही किन नगर्ने ?

४ वैशाख, काठमाडौं । कोरोना भाइरसको रोग संक्रमण नियन्त्रणका लागि देशमा २५ दिनदेखि देश लकडाउनमा छ । लकडाउनको समयमा अत्यावश्यक अवस्थामा बाहेक कोही पनि बाहिर निस्कन पाइदैन । औषधि उपचार तथा अत्यावश्यक सेवाका लागि भने अनुमतिमा निस्कन पाइन्छ । तर आज कलंकीमा प्रहरीद्वारा बिरामी तथा औषधि किन्न गएका माथि निर्मम तरिकाले लाठि प्रहार भयो । हिजो शिक्षण अस्पतालका तीन डाक्टर माथी लाठि प्रहार भएको घटना सेलाउन नपाउदै प्रहरीद्वारा आज अर्काे ज्यादती गर्यो ।
प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिदै थियो । उहाँहरुको हातमा औषधिको झोला थियो । पत्रकारहरुलाई नजिक जान दिएको थिएन । नियन्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औषधि किन्न आएका हौं,हामी बील देखाउछौ तर प्रहरीले कुरै नसुनी एकाएक लाठि प्रहार गर्यो । उहाँहरु मेडिकल पसलबाट निस्किएको देख्दा देख्दै सडकमा पाइला राख्न नपाउदै नियन्त्रणमा लिई प्रहरी निरीक्षकको नेतृत्वमा भएको यो ज्यादती आपत्ति र खेदजनक छ ।
एक जना महिलालाई पुरुष प्रहरीले नियन्त्रणमा लिएर निर्मम व्यवहार गर्छ, कुटपिट गर्छ जुन निन्दनीय विषय हो । केही प्रहरीको यस्तै व्यवहारले प्रहरी संगठनलाई नै बदनाम गरिरहेको छ । यसले लकडाउनको बेला पुलिस प्रशासनलाई मात्र नभएर सरकारलाई पनि यस घटनाले नमिठो घचघाचाएको छ । घरमा बिरामी औषधि सकिएको हुन्छ, कोही बिरामी परेर औषधी लिन आएको हुन्छ । त्यसरी बुझ्दै नबुझि लट्ठी चलाउन पाइन्छ सर्वसाधारणमाथि यसको तत्तकाल छानबीन गर्न हामी पनि माग गछौं ।

लेखक : कदर न्यूज