प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको भरखरै सकिएको बैठकले आजको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधान गर्ने क्रममा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।
ओलीले अगाडी भने, ‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुस् ।