२६ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको लागू गर्नका लागि एमसीसीका उपाध्यक्ष काठमाण्डौं आएर दिनदिनै नेपालका प्रमुख राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्रीलाई भेटेर एमसीसी पारित गर्न कसरत गरिरहेकी छन भने सडकमा जनताले एमसीसी चाहिदैन, यो राष्ट्रघात सम्झौता हो र यसलाई नेपालबाट फिर्ता लैजान जस्ता विरोध भइरहको अवस्थामा आज पनि काठमाडौंका शहरमा एमसीसी बिरुद्ध प्रदर्शन भइरहेका छन् ।
दिनदिनै दलका भात्रृ संगठन, नागरिक समाज, पेशागत संगठन, स्वतन्त्र नागरीक लगायतले एमसीसीका बिरुद्धमा सडकमा नारा घन्किएका बेला आज भाडावाल सरोकार समाजलगायतका विभिन्न संस्थाको अगुवाइमा एक समूहले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । सो समूहले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो ।
उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । नो एमसीसी लेखेको टिसर्ट लगाएका थिए ।