Breaking News

प्रतिनिधिसभाको अर्को बैठक पर्सि २७ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक अर्को बैठक पर्सि २७ गतेसम्मका लागि स्थगित भएको छ । एमाले सांसदहरुको अवरोधका बीच चलेको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो ।

एमालेको अवरोधका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो ।