नेकपा एमाले फुटेर बनेको एकीकृत साजवादी दलमा समाहित हुने क्रम देशैभरी आज पनि जारी रह्यो । निर्वाचन आयोगले दल रोज्ने अन्तिम दिन आज २२ गते भएकाले कर्णालीमा नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दल रोज्ने जनप्रतिनिधिहरुको संख्या बढेको छ । कर्णालीका सात जिल्लाका ७९ वटा स्थानीय तह रहेको कर्णालीमा ०७४ को निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो ।
जसमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमाले छोडेर समाजवादी रोजेको सो पार्टीका नेताहरुको दावी छ ।
नेताहरुकाअनुसार नेकपा एमाले छाडेर एकीकृत समाजवादी दल रोज्नेहरूको संख्या २८९ जना पुगेको छ ।
दैलेख
जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार ११ स्थानीय तह रहेको दैलेखमा ६३ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् ।
भदौ १८ गते २७ जनाले सनाखत गरेका थिए भने २० गते ३३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।
मंगलबार अपरान्ह सम्म ६३ जनाले समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखले रातोपाटीलाई जानकारी दियो ।
सुर्खेत
जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार यो जिल्लामा १५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
निर्वाचन अधिकृत निर्मला रेग्मीले अहिलेसम्म पालिकाका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष कसैले पनि सनाखत नगरेको बताइन् । तर उनले वडाअध्यक्ष र वडा सदस्यहरु भने एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
कालिकोट
जिल्ला निर्वाचन कार्यालय कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकृत धनबहादुर मल्लका अनुसार ६५ जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
हुम्ला
हुम्ला निर्वाचन कार्यालयका अनुसार यो जिल्लाका ४ जना वडा सदस्य र १ जना जिल्ला समन्वय समिति सदस्य गरी ५ जनाले एकीकृत समाजवादी रोजेका छन् ।
मुगु
मुगु जिल्ला निर्वाचन कार्यालय प्रमुख धनबहादुर बडुवालले दिएको जानकारी अनुसार यो जिल्लामा २५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जसमा एक जना उपाध्यक्ष, पाँच जना वडाअध्यक्ष, १९ जना सदस्य रहेका छन् ।
जुम्ला
जुम्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार मंगलबार दिउँसोसम्म एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या ४१ जना पुगेको छ ।
सल्यान
सल्यान निर्वाचन कार्यालयका निमित्त सुचना अधिकारी तेजेन्द्र कुमार चन्दले रातोपाटीलाई दिएको जानकारीअनुसार १र१ जना अध्यक्ष, उपाध्यक्ष, १७ जना वडा अध्यक्ष र ५३ जना सदस्यहरु लगायत ७५ जनाले अहिलेसम्म एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।