२२ भदौ काठमाडौं । नेपालमा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनाा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आजै कोरोना संक्रमणमुक्त हुनेको संख्या २०७२ र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ रहेको छ ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा छन् ।