Breaking News

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध साताव्यापी संघर्षका कार्यक्रम घोषणा

२२ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध साताव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

आज नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत जनसभाको कार्यक्रम सहित साताव्यापी कार्यक्रम सार्वजनिक गरेको हो ।

भोलि बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका बेलुन उडाउने कार्यक्रम नेकपाले सार्वजनिक गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्न षड्यन्त्र गरेको गर्दै राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको बताएको छ ।