२१ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना देखिएको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले आज गरेको कार्यक्रममा नेम्वाङले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताए ।
‘पाँच जना मन्त्रीले चलेको यो सरकार ५० दिन पुग्दा पनि विस्तारको नाम निशाना छैन । सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ भन्ने डर छ’, नेम्वाङले भने ।
‘सरकार विस्तार भयो भने दल फुट्ने हो कि सरकार नै ढल्ने हो कि भन्ने अचम्मको अवस्था छ । यो अवस्थामा सरकार चलिरहेको छ ।’
दोस्रो पटक संसद् विघटन गर्नु केपी ओलीको बाध्यता भएपनि सर्वोच्च अदालतले अचम्मको फैसला गरेको नेम्वाङले टिप्पणी गरे ।