नेपाल सरकार गृहमन्त्रालयले हिजो सार्वजनिक गरेको बिज्ञाप्ति बारे टिप्णी दिने क्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति नेता सिंहले यो विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । नेपाली काँग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन नमिल्ने बताए । काँग्रेस स्वतन्त्रताको वकालत गर्ने पार्टी भएकाले यस्ता विषयमा सरकारले गम्भीरतापूर्वक सोचेर मात्रै कदम चाल्नुपर्छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिनुपर्ने बताए । । गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको उनको भनाई छ । ‘सरकारले जनताको दुःखमा साथ दिनुपर्दछ । सँधै जनताको पक्षमा हुनुपर्दछ ।’ उनले भने– ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक
छ । यसमा सरकार सच्चिनुपर्छ ।’
राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले देश र लोकतन्त्रका लागि पार्टी मजबूत हुनुपर्ने धारणा राखे । उनले जस्तोसुकै परिस्थितिमा पनि महाधिवेशन निष्पक्ष, धाँधलीरहित र स्वच्छ रुपले हुनुपर्नेमा जोड दिए ।