दार्चुलाको महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपालका जयसिंह धामी नदीमा खस्दा आजसम्म पनि वेपत्ता छन् त्यसको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन भएको छ । काठमाडौको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि भेला भएका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोदीको पुत्ला जलाएको हो ।
सो क्रममा उनीहरुले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । दार्चुलाका धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काउँदा नदीमा खसेर वेपत्ता भएका थिए ।
सरकारले गठन गरेको छानबिन समितिले समेत भारतीय पक्षको संलग्नता सो घटनामा रहेको ठहर गरेको थियो ।