१७ भदौ, काठमाडौं । नेपालमा २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।
आजै १८४६ जनमा कोरोना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।