नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पायो

१७ भदौ, काठमाडौं । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको
छ ।

संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले यही भदौ नौ गते मान्यता दिएको थियो ।

एकीकृत समाजवादीको संसदीय दलको कार्यालय टुंगो लागे पनि पार्टीको केन्द्रीय कार्यालय भने अझै टुंगो लागेको छैन ।