विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमस) सँग समन्वय गर्नुपर्ने

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् ।

प्रशासनले जारी गरेको आदेशमा स्थानीय तहले जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमस) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमस) सँग समन्वय गर्नुपर्ने छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गरिसकेको छ ।

प्रजिअ पराजुलीका अनुसार बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।