वाग्मती प्रदेशसभाका एमालेका १२ जना सांसद एकीकृत समाजवादीमा नाम सहित

१५ भदौ, काठमाडौं । केन्द्रमा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण भएर राष्ट्रिय मान्यता समेत पाईसकेपछि त्यसको असर तल्लो तहका प्रदेश जिल्ला, गाउँ, वडा लगायत जनप्रतिनिधिहरुमा पनि विभाजन हुँदै पार्टी रोज्न प्रक्रिया जारी छ । निर्वाचन आयोगले यही भाद २२ गतेभित्र एमाले वा समाजवाली रोज्न समय दिएपछि प्रदेश र स्थानीय जनप्रतिनिधिहरु पार्टी रोज्ने क्रममा आज वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफूहरु नेकपा एकीकृत समाजवादी पार्टी रोजेको बताएका छन्

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

एमालेबाट समाजजादी रोज्ने १२ सांसदहरुमा :

राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल रहेका छन् ।