बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको मन्त्रीपरिषद् बिस्तार र मन्त्री भागबण्डा बाारेछलफल जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल जारी छ । छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको बुझिएको छ । ५ दलीय गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाबाहेक चार दल सरकारमा सहभागी हुने तयारीमा रहेपनि अहिलेसम्म काँग्रेस र माओवादीमात्रै सहभागी छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने दलहरूको तयारी छ ।

सोही योजनाअनुसार आजको बैठकमा सत्तारुढ दलभित्र मन्त्रालयको भागबण्डा टुंग्याउने गरी छलफल सुरु भएको बुझिएको छ ।