म एमालेको अध्यक्षमा दावी गर्न योग्य रहेको छु

महासचिव, ईश्वर पोखरेल

१४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आज पत्रकारसँगको कुराकानीमा पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए ।

उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए ।

‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन’ उनले भने, ‘तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ ।

आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताए । नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।