म समाजवादी पार्टी रहन्न र केपीसँग पनि जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ

नेता, प्रदीप नेपाल

एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी मा लागेको नेकपा एमालेका पुराना नेता प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी छोडेको सामाजिक संजालबाट बताएका छन ।

नेता नेपालले जनताको बहुदलीय जनवाद अंगिकार नगरे नाम नलेख्न भन्दाभन्दै माधव नेपालले ‘धोका’ दिएको उनले बताएका छन्।

नेता नेपालले आफू समाजवादी समेत नरहने र केपी ओलीको पार्टी नजाने पनि स्पष्ट पारेका छन्।

‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ, तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ,’ नेपालले भनेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ। तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो। बिदा लेखेर माधव नेपाललाई छोडेको बताएका छन् ।