१३ भाद्र, कालिकोट । खाँडाचक्र नगरपालिका दाहाँ-६ की १६ वर्षिय निरु विकका हत्यारा पत्ता लागाउन माग गर्दै कालिकोट जिल्लाका दलितअधिकार कर्मीहरुले माग गरेका छन । उनी घरबाट हराएको चारदिन पछी मकैबारीमा भेटिएकी थिइन ।
जिल्लाका दलित अधिकारकर्मी, मनव अधिकारकर्मी, दलित अधिकार संघ, दलित कर्मचारी संघ लगायतका नेताहरुले शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र वुझाएका छन ।
भाद्र ४ गते वेलुकी ६ वजेको समयमा घरबाट बेपत्ता बनेकी बालिका निरु विक ७ गते घरनजिकैको मकैको बारिमा घाँटी रेटेर वेवारिसे अवस्थामा फालिएको सव भेटिएको थियो । त्यसपछी जिल्ला प्रहरी र प्रदेश अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान जारी राखेको छ ।
अधिकारकर्मीहरुले निरुको हत्याराको अनुसन्धान गरी पिडितलाई न्याय र दोसिलाई कानुनी कारवाही गर्न माग गरेको
छ ।