Breaking News

प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधव नेपालबीच भेटवार्ता

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग आइतबार बिहान परामर्श भएको छ ।

बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद विस्तारको विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने भेटमा सहभागी थिएनन् । यादव हाल काठमाडौं उपत्यकाबाहिर छन् ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । आयोगले यही भदौ ९ गते नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र उपलब्ध गराइसकेको छ ।

‘अब छिटै केही गृहकार्य पूरा गरेर नेकपा एकीकृत समाजवादी र जसपालाई समेटेर मन्त्रिपरिषद विस्तार हुन्छ ।