बांदरले खसालेको ढुंगा लागि घाइते भएका नय दमाईको सुर्खेतमा निशुल्क उपचार

४ वैशाख, सुुर्खेत । कोरोना भाइरसका कारण त्यसको रोकथाम र नियन्त्रणका लागि भनेर देश लकडाउनको अवस्थामा रहेको छ । देश पुरै ठप्प भएको अवस्थामा जंगली जनावरलाई भने कसले पो लगाउने लकडाउन (हिडडुल बन्द) यस्तै घटना कर्णाली प्रदेशको कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा गएको चैत्र २७ गते घट्न पुगेको छ । पालिकाका स्थानीय नय दमाई लाई चैत्र २७ गते गाउँपालिका कै राताभिरमा दाउरा लिन गएको बेला बाँदरले खसालेको ढुंगा लागेर गम्भीर घाइते भई कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णली प्रदेश अस्पतालमा उपचार भई डिस्चार्ज गरिएको छ । बादरले खसालेको ढुंगा लागि घाइते भएका दमाईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मान्मा पुर्याइएको थियो । तर, त्यहाँ उनको उपचार हुन नसक्दा जिल्ला अस्पताल मान्माले सोहीदिन कर्णाली प्रदेश अस्पतालमा रिफर गर्यो । राती नै बिरामी नया दमाई लाई सोही पालिकाका स्थानीय पूर्णबहादुर बमले सुर्खेमा ल्याएका थिए । भोलि पल्टको राति प्रदेश अस्पतालको इर्मरजेन्सी कक्षमा बिरामी दमाई आएको खबर कर्णाली प्रदेशका पत्रकार विवशकुमार सेजुवालले थाहा पाउने बित्तिकै अस्पतामा पुगे र आफ्नो तर्फबाट गर्न सकिने सहयोग र भन्न मिल्ने सम्मको चाँजोपाँजो मिलाए डाक्टर सावसँग । दोस्रो दिन ३ घण्टा लगाएर अप्रेशन सफल भयो, त्यो बेलासम्म पनि विरामी नय दमाई बेहोसीमै हुनुहुन्थ्यो’ पत्रकार विवश सेजुवालका अनुसार उनको उपचारमा संलग्न डाक्टर सन्तोस बस्नेतले बताएका
छन् ।
कदर न्यूजलाई जानकारी दिंदै पत्रकार विवश सेजुवाल अगाडी भन्छन्, उनको अप्रेशनका लागि अस्पतालले बिल समेत काटिसकेको थियो । अस्पतालका निर्देशक डा. डम्बर खड्काभन्छन्, सुर्खेतका स्थानीय पत्रकार विवशकुमार सेजुवालले उनको आर्थिक अवस्थाबारे जानकारी गराएपछि उनको उपचार निःशुल्क गरिएको बताए । डाक्टर डम्बर अगाडी भन्छन् ‘पत्रकार स्वयम विवश कुमार सेजुवालको अनुरोधमा उनको सबै पारिवारिक अबस्था बारे बुझ्दा नाजुक नै रहेछ, हामीले अस्पतालको तर्फबाट लाग्ने अप्रेशन शुल्क, आइसियु शुल्क र भित्र उपलब्ध हुने औषधि सबै हामीले निसुल्क गरिदिएका हौं । प्रदेश अस्पतालको तर्फबाट निःशुल्क सेवा गरिब परिवारहरुलाई निरन्तर दिँदै आएको उनले जानकारी दिए । बिरामी नया दमाई भाइ अनिपालका अनुसार, गरिबको लागि सेवा छ भन्ने सुनेका थियौं, तर पाएका थिएनौं यो पटक थाहा भयो’, ‘प्रदेश अस्पतालले दाजुको ज्यान पनि बचाई दियो, निःशुल्क उपचार पनि गरिदियो । सबैभन्दा बधाईको पात्र त गाउँका दाजुभाइ हुन् । त्यसमा सोहि गाउँका स्थानिय बासिन्दा पूर्ण बहादुर बमको सक्रियतामा विरामी नय दमाईलाई मान्म हुँदै सुर्खेतसम्म ल्याएर उपचार भएकोमा बम जीलाई धन्यवाद छ। त्यस्तै बिरामी नय दमाईलाई सुर्खेतसम्म ल्याउनलाई भूमिका खेल्ने पूर्ण बहादुर बमका अनुसार, ‘गाउँका मानिसहरुले विरामी नय दमाईलाई एकदमै छिटो उद्धार गरेका हुन् । विरामी नय दमाइको निशुल्क उपचारको लागि कर्णाली प्रदेश अस्पतालको निर्देशक डाक्टर डम्वर खड्का, बालरोग विषशज्ञ डाक्टर नवराज केसी, नाक, कान, घाटि रोग विषेशज्ञ डाक्टर सन्तोस बस्नेत, पत्रकार विवशकुमार सेजुवाल लगायतकाले सहयोगीको महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिंदै अब पालिकाले छिट्टै विरामी नय दमाईको राहतको व्यावस्था गर्नुपर्छ । बमका अनुसार बादरले खसालेको ढुंगाबाट बिरामी भएपछि तत्काल गाउँपालिकाको एम्बुलेन्सबाट जिल्ला सदरमुकाम मान्म ल्याएका थियौं । मान्ममा पनि उपचार हुन नसकेपछि राती नै सुर्खेतमा ल्याएको कुरा पत्रकार विवश कुमार सेजुवाल मार्फत कदर न्यूजलाई बताएका छन् ।।
कर्णाली भौगोलिक विकटता मात्र नभएर ढुंगै ढुंगाको पहाडे चट्टानले भरिएको जिल्ला पनि हो । त्यसमा जोखिम मोलेर त्यहाँका महिलाहरुले गाईभैसीलाई घाँस र पुरुषहरुले दाउराको जोहो गरेर बिहानबेलुकाको भोजन पकाएर पेटपुजा गर्ने गरेका छन् । त्यसैको क्रममा नय दमाई तिनै चट्टाने भिरतिर दाउराको जोहो गर्न जाँदा भिरबाट बादरले खसालेको ढुंगाबाट घाइते हुन पुगे । तसर्थ हाम्रो तर्फबाट पनि घाइते नय दमाईको शिघ्र स्वास्थ्य लाभको कामना र गाउँपालिकाबाट उनलाई उचित स्वास्थ्य उपचार राहतको अनुरोध पनि छ ।