१० भदौ, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले मान्यता पाएपछि एमाले पहिलो बैठक बस्न लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसो १२ बजे बोलाएका छन् ।
१० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै र्फकेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ ।
यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ ।