९ भदौ, काठमाडौं । नेकपा एमालेबाट अलग भएर गठन गरिएको पार्टी नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले दलको मान्यता दिंदै हिजो प्रमाणपत्र समेत दिएको छ ।
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई हिजो बुधबार निर्वाचन आयोगले राष्ट्यि दलको मान्यता दिंदै दर्ता प्रमाणपत्र समेत दिएको छ ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् ।
यद्यपि दल दर्ताका लागि चाहिने १९१ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ ।
३० जना संघीय संसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।