अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै हाम्रो सल्लाहमै बन्नु भएको हो

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष, माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै बनेको खुलासा गरेका छन् । चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले शाक्य वागमतीको मुख्यमन्त्री आफ्नै सल्लाहमा बनेको बताएका हुन् ।

‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो’, नेपालको भनाइ छ ।

नेपालले त्यसपछि मात्रै वागमती प्रदेश सरकारबारे आफ्नो पार्टीले धारण बनाउने पनि बताए । ‘२१ दिनभित्र रोज्न पाउने व्यवस्था अनुसार त्यो समयभित्र कता रोज्नुहुन्छ, त्यसका आधारमा त्यो सरकारलाई हेर्ने दृष्टिकोण बन्छ’, नेपालले भने ।