७ भदौ, काठमाडौं । एमालेबाट अल्गिएर पार्टीका वरिष्ड नेता माधव कुमार नेपालले छुटटै पार्टी निर्माण गरिसकेका छन् भने माधव पक्षकै अरु नेताहरु अहिले पनि पाटी अध्यक्षलाई पार्टी एकताका लागि दबाब दिइरहेका छन् । सो समुहले १०बुँदे सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिएका तनै नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरु बालकोट पुगेका हुन् ।
लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका उनीहरुले भोलि निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहको नयाँ पार्टीका नेताहरुले सनाखत गर्नुअघि नै २७ असारमा भएको १०बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेका छन् ।
अध्यक्ष ओली पक्षका नेताहरुले भने १० बुँदे कार्यान्वयनमा गइसकेको बताएका छन् भने तेस्रा धारका नेताहरुले त्यो भनएको र अझै पार्टी एकताका लागि प्रयास गरिरेका छन् ।