Breaking News

म्याग्दी दुधेखोलामा आएको बाढीले एक घर एक भैसी बगाएर लग्यो जोखिम उच्च

लगातार आईरहेको बर्षाले म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एउटा घर बगाएको छ । हिजो मध्यरातीमा परेको भिषण वर्षा पछि दुधे खोलामा आएको बाढीपहिरोले स्थानीय टेकबहादुर पुनको घर बगाएको
हो । दुधेखोलाको वस्ती देखि माथि रहेको पाखोमा पहिरो खसेर खोलामा बाढी आएको स्थानीयवासीहरुले बताएका छन् ।

गएराति १२ बजेको समयमा खोलामा आएको बाढीले पुनको एकतलाको कच्ची घर बाढीले बगाएको हो । अर्को एकजना नारायण पुनको गोठमा रहेको भैंसी बाढीले बगाएको छ भने घर उच्च जोखिममा परेको बताइएको छ । पहिरो स्थलमा उद्धारका लागि प्रहरी टोली समेत पुगिसकेको छ ।

पानीसहित खोलाले बगाएर ल्याएको ढुङ्गा र ग्रेगरले म्याग्दीखोला समेत थुनिएर ताल बनेको छ। राती खोलामा बाढी आएको खबर पाउनसाथ बेनी नगरपालिका ६ का युवाहरु सहितको टोली दुधेखोलाको वस्तीमा पुगेर जोेखिममा रहेका घरबाट लत्ताकपडा,भाडाकुडा लगायत सामाग्रीहरु निकालिएको थियो ।

लेखक : कृष्णबहादुर कार्की / गण्डकी ब्युरो